Monday, June 22News That Matters

आफ्नो मौलिकता र व्यबहारिकता गुमाएको गुनासो

पुर्णपुष्टि, बैशाख १३

गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ६ वर्ष पूरा भईसक्यो । भूकम्पको कारण  आठ हजार नौ सय ७९ जनाको मृत्यु भएको  थियो भने २२ हजार ३ सय ९  जनाा घाइते भएका थिए ।

 

भूकम्पमा भत्किएका घर पुनर्निर्माणको लागि आठ लाख ११ हजार लाभग्राहीसँग सम्झौता भएकोमा पाँच लाख ९३ हजार बनिसकेका छन्, बाँकी एक लाख ५९ हजार बन्ने क्रममा छन् ।  यस्तै सात हजार पाँच सय ५३ विद्यालय पुननिर्माण गर्नुपर्नेमा ६ हजार दुई सय ४६ वटा विद्यालय पुनर्निर्माण  भइसकेको छ ।

 

यस्तै नौ सय २०  सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्नुपर्नेमा चार सय ९३ वटा बनिसकेका छन् । यस्तै ११ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ९८, चार सय १५ वटा सरकारी भवनमध्ये तीन सय ७४, सुरक्षा निकायका दुई सय १६ वटा भवन मध्ये दुई सय १४ वटा बनिसकेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएका छन्  । भूकम्पले ठूलो संख्यामा मानवीय र भौतिक क्षति पु¥याएको थियो ।

 

सरकारले मानवीय क्षतिको पूर्ति गर्न त असम्भव छ तर भौतिक क्षतिको भने बिस्तारै परिपूर्तिे गर्दै आईरहेको छ  । घर गुमाउनेहरुले नयाँ घर पाएका छन्, ढलेका सम्पदा ठडिदै छन् , अत्याधुनिक विद्यालय र स्वास्थ्य संस्थाहरु पुननिर्माण भईरहेका छन् । पुनर्निर्माणको काम सकिनै लाग्यो भनेर खुसी मनाइरहँदा व्यावहारिकता र मौलिकता गुमाएको त्याहाको स्थानियहरुले महसुस गरेको बताएका छन् ।

धेरैजसो दुई कोठे घर, एकीकृत बस्तीमा साग लगाउने ठाउँसम्म छैन

 

गोरखा नगरपालिका–११ का स्थानिय यमबहादुर बसेलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट अनुदान लिएर दुई कोठे पक्की घर बनाएका छन् । सानो, सफा र चिटिक्क देखिने घर झट्ट हेर्दा त गज्जबको देखिन्छ तर पनि कतिपय व्यावहारिक कुरालाई भने नयाँ घरले समेटेकै छैन ।

 

पुराना घरमा अलि छुट्टै ठाउँमा पूजा कोठा हुन्थ्यो, भान्साको व्यवस्थापन पनि त्यस्तै हिसाबले गरिन्थ्यो । खाद्यान्न राख्नको लागि धन्सार हुन्थ्यो, बार्दली अनेक काममा प्रयोग गर्न पाइन्थ्यो । तर अहिले डिजाइन भएर बनेका घर भूकम्प प्रतिरोधी भए पनि व्यावहारिकता र मौलिकतालाई भने ध्यान नदिइएको बसेलको गुनासो छ ।

 

‘पहिले ढुङ्गामाटोकै घर भए पनि चारपाँचवटा कोठा हुन्थ्यो, भान्सा छुट्टै हुन्थ्यो, बार्दली हुन्थ्यो, पाहुना आउँदा सुत्नलाई पर्याप्त कोठा हुन्थ्यो तर अहिले दुई कोठे घरमा केही मेसो पाइएको छैन’ बसेलले भन्नुभयो ।

 

त्यही दुई कोठे घर बनाउन पनि सात लाख रुपैयाँ खर्च लागेको बसेलको गुनासो छ । खर्च पनि धेरै अनि मौलिकता र व्यावहारिकता नभएका घरबाट खासै सन्तुष्ट नभएको  बसेलजस्तै धेरै भूकम्प पिडितको गुनासो छ ।

 

‘भूकम्पअघि गाउँ छाडेकाले अहिले गाउँ फर्कदा घर नचिन्ने

पुरानो शैली र विभिन्न जातजातिका पहिचान झल्काउने घर भूकम्पसँगै बिलाएका छन्, नयाँ बनेका कङ्क्रिटका घरले पुरानो पहिचान झल्काको छैन् ।

 

सिन्धुपाल्चोक, गोरखाको लाप्राक लगायतका केही ठाउँमा नमुना बस्ती पनि  बनेका छन् । ती घर वरपर सागपात लगाउने ठाउँ र एउटा कुखुरा पाल्ने ठाउँसमेत नरहेको तथा एउटा घरमा घुरेको अर्को घरमा सुनिने गरेको भन्ने गुनासो पनि आउने गरेको छ ।

सबैभन्दा पहिले नागरिकलाई बासको जोहो गर्नुपर्ने बाध्यताले पुनर्निर्माणको क्रममा मौलिकता र व्यावहारिकता समेट्न नसकिएको बताउनुहुन्छ, पूर्व सचिव तथा पूर्वाधार विज्ञ किशोर थापा ।

 

पहिला विभिन्न जातजातिले आफ्नै संस्कृति र मौलिकता अनुसारको घर बनाएका थिए । भूकम्पपछि बनेका घर एकै किसिमाका देखिन्छ । जातजाति अनुसारका छैनन्, घर बनाउँदा प्रयोग हुने सामग्री पनि फरक(फरक प्रयोग गरिन्थ्यो । अहिलेका  ढलान प्रविधिबाट घर बनाउँदा सबैेका घर उस्तै देखिन्छ, भूकम्पअघि गाउँ छाडेकाहरु अहिले गाउँ फर्किदा आफ्नै घर चिन्न नसक्ने अवस्था सिर्जना भएको  थापाले भन्नुभयो ।

 

नेपालका गाउँ पर्यटकीय आकर्षणका रहेकोमा भूकम्पपछि पर्यटकीय आकर्षण नदेखिने  एकैनासका र मौलिकता हराएका घरहरु निर्माण भएको छ  ।

‘पहिले छानो पाउनु नै ठूलो कुरा थियो, सबैको ध्यान जस्तो भए पनि घर भए हून्छ  भन्नेतिरै गयो तर अहिले आफ्नो मौलिकता गुमेकोमा धेरै मानिसहरु चिन्तितमा छन ।

्  त्यसैले अब तला थप्ने कोठा थप्ने र घरलाई आफ्नो मौलिकतासँग मिल्ने गरेर स्वरुपलाई परिवर्तन गर्न दिनुपर्छ’ पूर्वाधार विज्ञ किशोर थापाले भन्नुभयो ।

 

सम्पदाको पुनर्निर्माणमा पनि मौलिकता गुमाउने चिन्ता

 

निजी आवासमा मात्रै होइन सम्पदाको पुनर्निर्माणमा पनि मौलिकताकै चिन्ता छ ।

मौलिकताकै विषयलाई लिएर पटक(पटक रानीपोखरीको काम रोकियो । स्थानीय र संरक्षणप्रेमीको आन्दोलनका कारण रानीपोखरीमा माटोकै प्रयोग भयो र स्वरुप पनि पुरानै बन्यो । काष्ठमण्डप, बुङ्मती, पाटन लगायतका क्षेत्रमा पनि विवाद उठ्यो र मौलिकता जोगाउने प्रयत्न भयो ।

 

शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरालाई पनि धेरैले भ्यू टावरको संज्ञा दिइरहेका छन् । पुरानो धरहराको भग्नावशेष जस्ताको त्यस्तै राखेर नयाँ धरहरा बनाएको भन्दै आलोचना पनि भइरहेको छ । तर पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली भने धरहराको मौलिकता जोगाइएको बताउनुहुन्छ ।

 

‘धेरैले यसलाई व्यापारिक कम्प्लेक्स बनाउन लागेको हो कि भनेर पनि शंका व्यक्त गरेका

थिए, तर ढुक्क हुनुहोस् यसलाई हामीले भूकम्पको स्मरण गराउने र काठमाण्डौ नियाल्ने संरचना बनाएका छौँ, यहाँ राम्रो पार्क बनाएर मानिसले आनन्दको श्वास फेर्ने ठाउँ बनाउँछौँ’ ज्ञवालीले भन्नुभयो ।