
पूर्णपुष्टि, जेष्ठ १०
बेलका नगरपालिकामा २ जना माओवादी युवा नेताद्धारा राजिनामा बुझाएको छ । नगरको ९ नं वडाका भरत घिमिरे र ४ नं वडाका ललित राईले आफ्नो वडाहरुमा पार्टी बाट बनेका उम्मेदवारलाई जिताउन नसकेको भन्दै नैतिकताको आधारमा आफुहरुले राजिनामा दिएको प्रेश विज्ञाप्तीमा उल्लेख गरेको छ ।
घिमिरे पार्टीको नगर कमिटी सचिव हुन भने राई नगर प्रवक्ता एवं नगर कार्यसमिति सदस्य राई हुन् । उनीहरुले पार्टीको जिम्मेवारी छोडेको जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
घिमिरेको गृहवडा ९ र राईको गृहवडा ४ मा माओवादी केन्द्रका कुनै पनि उम्मेदवारले जित्न सकेनन् । वडा नम्बर ४ नै घर भएका माओवादी नगर कमिटी अध्यक्ष मनोज तामाङले उपमेयरमा हारेका छन् । यसपालिको स्थानीय चुनावमा माओवादी केन्द्रले बेलका नगरपालिकामा ७ र ८ नम्बर वडा जितेको छ ।
