Wednesday, June 3News That Matters

आमाको हत्या गरी शव पत्करले छोपेर राख्ने छोरा पक्राउ

पूर्णपुष्टि, फागुन २९ ।
आमाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई नियन्त्रमा लिएको छ । नुवाकोटको ककनी गाउँपालिका–१ नयाँबस्तीकी ६५ वर्षीया कान्छी बलामीको हत्या गरेको आरोपमा ३३ वर्षीय भिमबहादुर बलामी पक्राउलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
भीमबहादुरले घनले टाउकोमा हानेर आफ्नै आमाको हत्या गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार बलामीले आमाको हत्या गरी शव घरभित्र पत्करले छोपी राखेका थिए । प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।