
उदयपुर, मंसिर २८ गते ।
पर्यटन प्रवद्र्धन तथा आध्यात्मिक मानव जीवनका निम्ति त्रियुगा नगरपालिकाको सहयोग र ब्रह्माकुमारी राजयोग सेवा केन्द्र उदयपुरको व्यवस्थापनमा आमाबुवा घर निर्माण हुने भएको छ ।
त्रियुगा नगरपालिका ३ मोतिगडामा वडा कार्यालय आसपासको करिब ३ विगाहा जग्गामा पार्कसहितको आमाबुवा घर निर्माण हुने भएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताउनुभयो । एक कार्यक्रमकाबीच हालैआमाबुवा घरको सिलान्यास गर्दै मेयर चौधरीले गर्नुभएको छ । पार्कसहितको आमाबुवा घर, पर्यटक आकर्षि गन र्ते र उमेरको उत्तरार्थका आमाबुवाका लागि शान्तिमय जीवन यापनको स्थल बन्ने मेयर चौधरीले बताउनुभयो ।
यसको निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग नगरपालिकाको रहनेछ । मानवीय सेवा र धर्मका लागि भएकाले दान, दक्षिणा र सहयोग पनि रहने ब्रह्माकुमार मदन शर्माले बताउनुभयो ।
आमाबुवा घरलाई, मानव जीवनको महत्व, सार्थक जीवन, सेवा जस्ता कुरालाई प्राथमिकता दिदै तनाव व्यवस्थापन, योग, ध्यान, अध्ययन जस्ता महत्वपूर्ण कुराहरुको थलो बनाउने अवधारणा रहेको छ । आमाबुवा घर बृद्धाबस्थाका आमाबुवाका लागि त छदैछ अन्य सबैका लागि शान्तिमय जीवनयापनको थलो र सामाजिक सेवाको थलोको रुपमा लिइएको ३ नं. वडाध्यक्ष अबधेश प्रसाद चौधरीले बताउनुभयो ।
बुद्धाआश्रम जस्तै लागेपनि त्यो भन्दा भिन्नै अवधारणाको वातावरण हुने आमाबुवा घर, जीवनको सार्थकता बुभ्mने र जिउने थलो बन्नेछ । हेटौडा लगायत देशको विभिन्न स्थानमा निर्माण भईसकेको र अन्य ठाउँमा बन्ने क्रमसंगै उदयपुरमा पनि बन्न लागेको हो । सबैको साझा सम्पत्तिको रुपमा रहनु यसको विशेषता रहेको ब्रह्माकुमार विजयराज सिग्देलले बताउनुभयो ।
सिलान्यास लगत्तै निर्माण कार्य अगाडि बढाईने आमाबुवा घर दुईतिन वर्षभित्रै निर्माण गरिसक्ने लक्ष लिइएको छ । साथै पार्कनिर्माण र व्यवस्थापनका कामहरु गर्ने लक्ष छ । आमाबुवा घर निर्माणले खाली र उजाड क्षेत्र हराभरा हुने भएको छ । गाउँ र नगरपालिकाकै मुहार उज्यालो बनाउने देखिएपछि स्थानीय दंग छन् । “हाम्रो ठाउँमा यति राम्रो कार्य हुन लागेकोमा हामी हर्षित छौं” स्थानीय दानीलाल चौधरीले भन्नुभयो “हामी सहयोग पनि गछौं ।”
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र जनकपुर क्षेत्रकी मुख्य सञ्चालिका ब्रह्माकुमारी सिर्जना ढुंगानाको अध्यक्षतामा भएको सिलान्यास कार्यक्रममा आएका विभिन्न क्षेत्रका विभिन्न ओहदाका ब्रह्माकुमार तथा ब्रह्माकुमारीका साथै नागरिक समाज र स्थानीय सर्बसाधारणले निर्माण स्थलको अनुगमन र भ्रमण गरेका छन् ।
