
मोरङ, मंसिर २८ गते ।
मोरङको सुन्दर हरैचामा कन्टेनरमा अटो ठोकिदा एक जनाको मृत्यु भएको छ । पूर्व–पच्मि राजमार्ग अन्र्तगत सुन्दर हरैचा नगरपालिका–१० को किस्ती पुलमा कन्टेनरमा अटो ठोकिदा दिपक संकर मृत्यु भएको प्रहरीले जनाएको छ ।
को २ ह २४०७ नम्बरको अटो अनिन्त्रित भई ना ५ ख ५६०१ नम्बरका कन्टेनरको पछाडी ठोकिएको थियो । दुर्घटनामा घाईते भएका सोही नगरपालिका–९ निबासी ४० वर्षीय संकरको उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुहनपा–८ निबासी २० वर्षीय लक्ष्मण उराउ र २६ वर्षीय किरण माझीको उपचार भईरहेको छ भने अटो, कन्टेनर र कन्टेनर चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
