
सोलुखुम्बु, मंसिर २८ गते ।
सोलुखुम्बुको माप्यदुधकोशीमा विवाह घरमा गएका एक जानलाई कुटपिट गर्दा मृत्युभ एको छ । माप्यदुधकोशी गाउँपालिका–३ दाम्कुमा विवाह घरमा गएका पविधन राईलाई कुटपिट गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत २५ गते कर्णबहादुर कार्कीको विवाह घरमा गएका सोही गाउँपालिका–२ निबासी १८ वर्षीय राईलाई ३ न. वडाका २७ वर्षीय डाकमान कार्कीसहितको १०÷१२ जनाको समुहले विवाद निकाली कुटपिट गर्दा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भिर घाईते भएका राईको केएमसी अस्पताल सनामंगल काठमाण्डौमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कुटपिटमा संलग्न डाकमानलाई नियन्त्रणमा लिई फरार रहेको अन्य व्यक्तिलाई खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
