
पूर्णपुष्टि, मंसिर १४
आमा र बहिनीको कुटाईबाट मोरङ कटहरी गाउँपालिका–५ का ४० वर्षीय राजेन्द्र उरावको ज्यान गएको छ । कुटपिटमा संलग्न रहेका ५५ वर्षीया बातियो उराव र ३० वर्षीया रिता उरावलाई प्रहरीले पक्राउ गरेको छ ।
गत मंसिर ११ गते राजेन्द्रले मादक पदार्थ सेवन गरी वादविबाद हुँदा आमा र बहिनीले बाँसको लाठिले टाउकोमा प्रहार गर्दा उनी घाईते भएका थिए । घाइते राजेन्द्रको नोवेल अस्पताल बिराटनगर उपचारको क्रममा हिजो राती सवाँ १० बजे ज्यान गएको अस्पतालले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
