Wednesday, July 1News That Matters

आम हड्ताल सफल पार्न प्रचण्ड सडकमा उत्रिए

पूर्णपुष्टि, माघ २२

आजको आमहड्ताल सफल पार्न कार्यकर्ताहरुलाई उत्साह बनाउँदै प्रचण्ड सडकमा उत्रिएका छन् । प्रचण्ड सडकमा उत्रिन साथ बन्दकर्ताहरुले उत्साहित हुँदै नाराजुलुस गर्दै आन्दोलत थप क्रियासिल बनाएका छन् । बिरलै रुपमा ठुला नेताहरु आन्दोलनमा सडक उत्रिन्छ । तर प्रचण्ड भने आफै सडकमा आएर कार्यकर्ताहरुलाई थप उत्साहित दिएको छ ।

बिहानै देखि प्रचण्ड–माधव समूहले देश व्यापी रुपमा बन्द गर्दै हिडेका छन् । दाहाल प्रचण्ड स्वयम आमहड्तालको स्थिति बुझ्न सडकमा निस्किएका हुन् ।

सातदोबाटो हुँदै लगनखेल पुगेका प्रचण्डसहितका नेताहरु नाराजुलुस लगाउँदै अघि बढेका छन् । साथमा सातदोबाटोका कमाण्डर देव गुरुङ पनि साथमै छन् ।

सुरक्षाकर्मीहरुका साथमा प्रचण्ड सातदोबाटो आइपुगेपछि जुलुस सुरु भएको हो । प्रचण्ड नै सडकमा देखिएपछि कार्यकर्ता थप उत्साहित देखिए ।

प्रचण्ड ललितपुरस्थित सातदोबाटो चोकमा निस्किएका थिए । प्रचण्ड(नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ ।

हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने । कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिइसकेका छन् ।