
मोरङ, भदौ १३
मोरङको विराटनगरमा नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्कर विराटनगरमा विष्फोट भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट करिब ५ सय मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्याङ्कर विष्फोट भएको हो ।

ठूलो आवाजमा विष्फोट भएपछि तीन जना बेहोस भएको प्रहरीले जनाएको छ । ग्यारेजमा काम गर्ने दुई जना मजदुरसमेत बेहोस भएको जनाईएको छ ।
ग्यारेजमा पार्किङ गरिराखेको ना ४ ख ७१६६ नम्बरको ट्यांकर विष्फोट हुँदा पछाडिको भाग पूर्णरुपमा क्षति भएको जनाईएको छ ।
ट्याङ्करमा इन्धन नभएको र खाली रहेको हुँदा ठूलो क्षति हुन नपाएको जनाईएको छ ।
