Friday, April 17News That Matters

आयु बढाउन यौन सम्पर्कबाट टाढा हुनुपर्ने वैज्ञानिकको दाबी

प्रोफेसर एलेक्स जावरान्कावले गरेको दाबी अनुसार यदि मानिसले यौन सम्बन्ध बनाउन बन्द गरेमा लगभग १५० वर्ष सम्म बाँच्न सक्छ । एलेक्सले यौन सम्बन्ध सम्बन्धि कुरा र डाटा लिन गाह्रो भएको यथार्थ बताएका छन् । उनले आफुलाई यस विषयमा बोलेकोमा माफ पनि मागेका छन् । उनले यौनको विषयमा कुरा गर्न विवाह, बच्चाको कारण पनि सावधान रहन पर्ने बताए ।

अमेरिकाका बायोजेरेन्टलजी रिसर्च फाउन्डेशनको निर्देशक प्रोफेसर एलेक्सको नयाँ किताबले दावी गरे अनुसार यौन सम्बन्धबाट टाढा रहदा सजिलै मानिस १५० वर्ष भन्दा धेरै बाच्न सक्ने बताउछ । उनले लामो उमेरको लागि नियमित व्यायाम गर्न पनि सल्लाह दिएका छन् ।-एजेन्सीको सहयोगमा