
पूर्णपुष्टि,चैत्र ६ । मुख स्वास्थ्यबारे जानकारी गराउन नेपालमा पनि आज (मार्च २०) विश्व मुख स्वास्थ्य दिवस–२०१७ मनाइँदैछ । विश्व डेन्टल फेडरेसनको आह्वानमा ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ मनाउन लागिएको मुख स्वास्थ्य दिवसमा विभिन्न जटिल रोग लाग्नुका कारणमध्ये मुख स्वास्थ्य पनि एक हो ।
हरेक वर्ष २० मार्चमा, हामी विश्वलाई एकजुट भएर मुख सम्बन्धी रोगहरूको बोझ कम गर्न मद्दत गर्दे विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ । यस दिनको उद्देश्य मुखको स्वास्थ्य सुरक्षित गर्न ज्ञान, उपकरण र आत्मविश्वासका साथ मानिसहरूलाई सशक्त बनाउनु हो ।
मुख स्वास्थ्यलाई उमेरले फरक पार्दैन । हरेक उमेर समुहकाहरुले आफ्नो मुख स्वास्थ्यको कदर र ख्याल गर्नुपर्छ। मुस्कानको जीवनभरको लागि आफ्नो मुखमा गर्व गर्न विश्व मुख स्वास्थ्य दिवसमा विश्व समुदायसँग संलग्न हौँ ।
