
पूर्णपुष्टि,चैत्र ६ । उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थित बरुवा क्याम्पसमा ९एकीकृत समाजवादी० निकट अेरास्ववियुका शारद् कुमार खड्का बिजयी भएका छन् । आईतवार शान्तिधाम अवस्थित बरुवा क्याम्पसमा भएको स्ववियु निर्वाचनमा खड्काले १४७ मत प्राप्त गर्दै सभापतीमा निर्वाचित भएका हुन् ।
यस्तै कोषाध्यक्ष पदमा अन्जिता पान्डे, सदस्य पदका उम्मेदवार राघबी तुलाधर, मिलन बुढाथोकी, बिशाल बिस्ट, भावना श्रेष्ठ, नारायण भट्टराई बिजयी भएका छन । उदयपुरको तिन क्याम्पस मध्ये २ क्याम्पसमा अनेरास्ववियुले सभापती पद आफ्नो पक्षमा पारिसकेको छ ।
त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा भने मतगणना जारी रहेको जनाईएको छ ।
