
पूर्णपुष्टि,चैत्र २६ । बसाहाको नारद आदर्श शिक्षा क्याम्पस उदयपुरमा स्ववियु सभापति नेकपा एमाले निकट अनेरास्ववियुका केबल तामाङ विजयी भएको छ । सत्ता गठबन्धन माओवादी र कांग्रेस निकट विद्यार्थी संगठलाई पराजित गर्दै तामाङ्ग सभापतिमा बिजयी भएको हो ।
आइतबार भएको निर्वाचनमा तामाङले नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका ज्ञानदिल राईलाई तीन मतान्तरले पराजित गरे। बाँकी सबै पदमा नेविसंघ र समाजवादी विद्यार्थी संगठन बीचको गठबन्धन विजयी भएको छ।
अध्यक्ष उम्मेद्धारमा तामाङ्गले ६५ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका ज्ञानदिप राईले ६२ मत प्राप्त गरे भेन नेविसंघ र समाजवादी विद्यार्यी यूनियनको गठबन्धनबाट उम्मेदवार बनेका विनम तामाङ्गले ५१ मत प्राप्त गरेको क्याम्पस प्रशासनले जनाएको छ ।
त्यसैगरी सचिवमा गठबन्धनका लोकबहादुर राउत ६८ मत, कोषाध्यक्षमा नाम्नुहाङ राई ६५ मत प्राप्त गरि विजयी भएका छ्न्। प्रत्यक्षतर्फ तीन सदस्य पदमा भएको निर्वाचनमा गठबन्धनकै स्नेहा राई, सोनिया राई र खगिन राई विजयी भएका छ्न्।
समानुपातिक तर्फबाट सहसचिवमा अनेरास्ववियुका अनुप आचार्य र सदस्यमा यलिशा बिशुन्खे निर्वाचित भएका छ्न्। २०६ जना मतदाता रहेको यो क्याम्पसमा १८१ मत खसेको थियो।
