Friday, September 11News That Matters

उदयपुरकी ज्ञानु प्रधान काठमाण्डौँमा सम्मानित

पूर्णपुष्टि, चैत्र ५ । उदयपुरकी ज्ञानु प्रधानलाई नेपाल कपडा तथा सिलाई व्यवसायी संघले उत्कृष्ट कोशी प्रदेश महिला उद्यमीको रुपमा सम्मान गरेको छ । प्रधानलाई संघको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय माहाधिवेशनको अवसरमा काठमाण्डौँमा २०७९ को उत्कृष्ट महिला उद्यमी सम्मान गरिको हो । उनि कोशी प्रदेशकै उत्कृष्ट महिला उद्यमीको रुपमा संघले ब्याख्या गरेको छ । प्रधान लामो समयदेखी उद्यम क्षेत्रमा लागि परेकी क्रियाशिल महिला पनि हुन् ।

उनले गाईघाटमा बिगत १५ बर्ष पहिले बाट कोशेली घर संञ्चालनमा ल्याएकी छिन् । उक्त कोशेली घरमा बाँसबाट निर्मित सजावटका सामाग्रीहरु सँगै प्रयोगका लागि उत्पादनहरु पाईन्छ । साथै पधानले ढाका बाट बन्ने बिभिन्न प्रकारका खादाहरु समेत उत्पादन गर्दै आएको छ । राष्ट्र समितिको एक आधार मानिएको उद्यमशिलतामा रहँदै रोजगार मुलक सिप युक्त कार्यलाई निरन्तरता कायम गर्दै सवल, सक्षम र प्रभावकारी संस्थागत रुपमा  संस्थागत बिकास एव महिला दिदि बहिनीहरुको प्रेरणाको स्रोत बन्दै सदा सर्वदा कोशी प्रदेश मार्फत यस क्षेत्रलाई आफ्नो मुल उदेश्य लक्ष्य मान्दै उल्लेखनिय भुमिका निर्वाह गर्दै आउनु भएकोमा यहाँलाई सम्मान गरिएको छ, सम्मान पत्रमा उल्लेख गरिएको छ । प्रधान नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्यसमिति उदयपुरकी अध्यक्ष समेत हुन् । प्रधान सँगै ७ ओटै प्रदेशका उत्कृष्ट महिलाहरुलाई सम्मान गरिएको छ ।