Thursday, June 18News That Matters

उदयपुर अस्पतलबाट रेफर गरेको बिरामीलाई अक्सिजन अपुग हुँदा बाटोमै मृत्यु,आफन्तको आपत्ति

पूर्णपुष्टि,चैत्र ५ । जिल्ला अस्पतल उदयपुरले नोवेल रेफर गरेका बिरामीको आदि बाटोमै मुत्यु भएको छ । त्रियुगा नगरपालिका १० बोक्सेका ५० बर्षिया उमेश परियारको हस्पिटल नपुग्दै ज्यान गएको हो ।

दुईओटा अक्सिजनको ग्यास एम्वुलेन्समा भएपनि एउटा खाली र एउटामा पनि पुरा अक्सिजन नभएको विरामीको आफन्तहरुले दावी गरेको छ । गाईघाटबाट नोवल जाने क्रममा चतारा कट्ने वित्तिकै अक्सिजन सकिएको र बिरामीलाई गारो भएपछि उनको ज्यान गएको आफन्तहरुको भनाई छ । एउटामा सकिएर अर्को सिलिण्डरबाट अक्सिजन दिन खोज्दा त्यसमा अक्सिजन नै नभएको बताएको छ । थप अक्सिज नपुराएकै कारण बिरामीको मृत्यु भएको जनाएको छ ।

अस्पतलले गाडीमा अक्सिजन कमि भएको स्वीकार गरेको छ । घटनाबारे आफन्त स्थानीय सरकार र अस्पतल बिच कुराकानी चलिरहेको छ । अस्पतलमा अहिले वडाअध्यक्ष किरण पाण्डे समेत उस्थित भई वडावासीको घटनाबारे छलफल चलिरहेको छ । मृतकका भाई कैलास परियारले अस्पतालको लापर्वाही रहेको जनाए । बिरामी जस्तो अचानक उपचारमा लैजानु पर्ने सवारी साधनमा आवश्यक सामाग्रीहरु नहुनु अस्पतलको लापर्वाही रहेको जनाए । उनले लापर्वाहीको जिम्मेवारी अस्पतलले लिनु पर्ने जनाएको छ ।