पूर्णपुष्टि,माघ ६ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) नेपालले आश्विन देखी मंसिर महिनामा भएका लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन सम्बन्धि घटनाहरुको अभिलेख सार्वजनिक गरेको छ । लैङ्गिक हिंसालाई लिई संस्थाले घटनाका विवरण, तथ्याङ्क र अवस्थालाई समेटी एक प्रेसविज्ञप्ति जारी गरेको छ ।
ओरेकले आश्विन देखी मंसिर महिनामा संस्थामा अभिलेखिकरण गरेका (२६६) तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (५३) तथ्याङ्कका आधारमा जम्मा ३१९ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क संकलन गरेको जनाएको छ ।

आश्विन देखी मंसिर महिनामा अभिलेखीकरण भएका घटनालाई विश्लेषण गर्दा समग्रमा १७८ जना ५६ प्रतिशत महिला तथा बालिकामाथि घरेलु हिंसा भएको तथ्याङ्कले देखाएको छ । यसैगरी ६८ जना २१ प्रतिशत माथि यौन हिंसा र ३७ जना १२ प्रतिशत माथि सामाजिक हिंसा भएको पाइएको छ । तथ्याङ्कलाई हेर्दा २६ देखी ३५ बर्ष उमेर समुहका महिला ३१ प्रतिशत १०० जना माथी सबैभन्दा बढी हिंसा भएको तथ्याङ्क संकलनमा उल्लेखित छ ।
प्राप्त तथ्याङ्कबाट प्रत्येक व्यक्तिका लागि घर सुरक्षित हुनुपर्नेमा घरभित्रै महिला तथा बालिका अझ बढी असुरक्षित छन् भने धेरै जस्तो ९३ प्रतिशत हिंसा चिनेजानेकाबाट भएकोे देखाउँछ । हानिकारक अभ्यासहरू परम्पराको रूपमा हाम्रो समाजमा गहिरो जरा गाडेर प्रचालत छन्। जसको कारण महिलाहरू अझै पनि शारीरिक, भावनात्मक वा मानसिक रूपमा हिंसाको सामना गरिरहेका छन् ।
