Wednesday, June 17News That Matters

छुट्टा छुट्टै स्थानबाट ब्राउनसुगर सहित २ जना पक्राउ

पूर्णपुष्टि, माघ ६ गते । झापा र भोजपुरको छुट्टा छुट्टै दुई स्थानबाट ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेशीसहर नगरपालिका–६ लमजुङ घर भई काठमाण्डौ महानगरपालिका–५ बसपार्क मिलन टोलमा डेरा गरी बस्दै आएका २४ बर्षीया युकेन गुरुङ र भोजपुरको देउरालीका २१ बर्षीय रेबन बराईली रहेका छन् ।हिजो साँझ ७ बजे झापाको भद्रपुर एयरपोर्टबाट काठमाण्डौ जान लागेको अबस्थामा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो । एयरपोर्टमा चेकजाँच गर्ने क्रममा उनको साथबाट ब्राउन सुगर १२ ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै हिजो अपरान्ह ४ बजे जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रहरी टोलीले वडा नं.१० भैंसीपंखा मेजर चोक स्थितबाट बराईलीलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ब्राउन सुगर ९९० मिलीग्राम बरामद गरेको छ । पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भईरहेको छ ।