पूर्णपुष्टि,माघ ६ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखको उम्मेदवार सांसद इन्दिरा राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको उक्त पार्टीका सांसद सोबिता गौतमले जानकारी दिइन ।
सत्ता साझेदार दलभित्र उपसभामुख रास्वपाले लिने सहमति भएको थियो । सांसद गौतमले उपसभामुख पदमा पार्टीबाट इन्दिरा राना मगरलाई पठाउने सर्वसम्मत निर्णय भएको जानकारी दिइन् । उपसभामुखमा पार्टीभित्र सांसदद्वय गौतम र इन्दिराको दाबी थियो ।
गौतमले उपसभामुखमा आफूले दाबी र आकांक्षा राख्नु स्वभाविक भएको प्रतिक्रिया दिइन्। ‘कसलाई पठाउँदा उपयुक्त हुन्छ भनेर सर्वसम्मतिले उहाँलाई उम्मेदवार बनाइएको गौतमले बताइन् । उपसभामुखको उम्मेदवार बनाउन लागेको रानामगर झापाकी समानुपातिक सांसद हुन् । ५२ वर्षकी उनलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो ।
