Wednesday, June 3News That Matters

इटहरीका साढे ३ वर्षीय बालकको ओभडोज औषधिले मृत्यु, सडकमा शव राखेर प्रदर्शन

पूर्णपुष्टि, चैत ३ ।
इटहरी स्थित एपेक्स अस्पतालमा उपचारको क्रममा एक बालकको ज्यान गएको छ । इटहरी–२ बरगाछीका साढे तीन वर्षीय सन्देश शाहको ज्यान गएको हो । शाहको ज्यान गएपछि बालकका आफन्तले सडकमा शव राखेर प्रदर्शन गरेका छन् ।
बुधबार साँझ वान्ता भएपछि उपचारका लागि ल्याइएका बालकको ओभरडोज औषधि चलाइएपछि बिरामीको ज्यान गएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
हस्पिटलमा डाक्टर नभएका कारण नर्सले ओभर डोज सुई लगाईदिँदा बच्चाको ज्यान गएको पीडितका आफन्तको भनाई छ । सडक अबरुद्व बनेपछि अहिले ठूलो मात्रामा प्रहरी परिचालन गरी भीड तितरबितर बनाउने प्रयास भइरहेको छ ।