इटहरीमा इभिनिङ वाकमा निस्केकी महिलामाथी सामूहिक वलत्कार, आरोपित एक जना सार्वजानिक

पूर्णपुष्टि, असोज १८
इभिनिङ वाक गर्न निस्केकी एक महिलामाथी इटहरीमा सामूहिक वलत्कार भएको छ । सामूहिक वलत्कार पछि ती महिलाको सुनको सिक्रि र नगद समेत चोरेर दोषीहरु फरार रहेका थिए ।

पिडितको उजुरीको आधारमा प्रहरीले दोषीलाई खोजतलास गरी ६ जना मध्ये ५ जनालाई पक्राउ गरिसकेको छ । घटनाका आरोपीत इटहरी–१६ बस्ने २७ वर्षीय सुनिल चौधरीलाई भने प्रहरीले सार्वजनिक गरेको हो ।अन्य चार जना भने १८ बर्षमुनिका दोषीहरु रहेकाले प्रहरीले सार्वाजनानिक गरेनन् । यता एक जना फरार रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार इभिनिङ वाकमा घरदेखि केही पर पुगेकी ३० वर्षीय महिलालाई समूहमा रहेका पुरुषहरूले आक्रमण गरेका थिए । पीडितको अनुहार र शरीरका विभिन्न भागमा चोटपटक देखिएको प्रहरीले बताएको छ ।

इटहरी ८ स्थित भुर्कीमा शुक्रबार साँझ ७ बजे ६ जनाको समूहले महिलालाई सामूहिक बलत्कार गरेको डिउसपी केसीले बताए ।
केसीका अनुसार उनीहरूविरुद्ध सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जबर्जस्ती करणीसम्बन्धी कसुरमा पाँच दिन म्याद थप लिई अनुसन्धान अघि बढाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: