इटहरीमा ट्रकले ठक्कर दिँदा एक महिला घाईते, इटहरी–धरान सडकखण्ड अवरूद्ध

पूर्णपुष्टि, पुष ९
सुन्सरीको इटहरीमा ट्रकले ठक्कर दिँदा एक जना महिला गम्भीर घाइते भएकी छन् । इटहरीको हलगडामा दक्षिणबाट उत्तर जाँदै गरेको ट्रकले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया देवी खड्का घाइते भएकी हुन् ।
इटहरीबाट धरानतर्फ गइरहेको प्रदेश १–०२–ख ८०५२ नम्बरको ट्रकले शुक्रबार बिहान करिब १०ः०५ बजे खड्कालाई ठक्कर दिएको १ नम्बर प्रदेश ट्रफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
घटनापछि आक्रोशित स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै इटहरी–धरान सडकखण्ड अवरूद्ध पारेका छन् । घटनाको थप विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: