
पूर्णपुष्टि, चैत १५ ।
सुनसरीको इटहरीमा सोमबार राति करिब १० बजे बम विस्फोट भएको छ । इटहरी उपमहानगरपालिका– २ को नवजागृति टोलमा बम विस्फोट भएको हो । सो विस्फोटमा परी दुई जना गम्भीर घाईते समेत भएका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार बम विस्फोटमा परेर इटहरी उपमहानगरपालिका– २ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन् ।
