Tuesday, June 23News That Matters

इटालीमा पहिलो पटक गम्भिर विरामीको संख्या घट्यो

पूर्णपुष्टि/चैत्र,२३

विश्वभर फैलिरहेको कोरोना भाइरसले इटालीलाई तहस नहस नै  बनायो । इटालीको लोम्बार्डी शहरबाट सुरु भएको यो भाइरसले सो स्थानमा ठुलै मानविय क्षेती पुराउनुका साथै अन्य स्थानहरुमा समेत फैलाउन सहयोग पुरायो ।

विश्वभरीका देशहरु मध्य अहिले सम्म इटाली सबै भन्दा मानविय क्षेति बेहोरेको देश हो । तर यहाँ संक्रमण पछि पहिलो पटक खुसिको खबर आएको छ । पहिलो पटक इटालीमा कोरोनाका गम्भिर बिरामीहरु घटेको छ । यसो हुदा इटालीयन देशका नागरिकहरुमा केही खुसि छाएको छ ।

संक्रमण पछिको पहिलो खुसि हो ।  इटालीमा लगतार मृत्युको संख्या बढ्दै गएको थियो । शनिवार मात्रै गम्भिर विरामीको संख्या ७४ जनाले घटेको थियो यो संक्रमण पछिको पहिलो रेकर्ड हो ।

इटाली जनताको सुरक्षा निकाय सिभिल प्रोटेक्सन डिभिजन (नागरिक सुरक्षा विभाग)का प्रमुख एन्जेलो बोर्रेलीको अनुसार यसरी सँख्या घट्नु इटालीको सुखको खबर र महत्वपूर्ण तथ्याङक रहेको बताउनुभएको छ ।

बोर्रेलीले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरुको संख्या शनिबार ७४ जनाले कमी आएको थियो । अघिल्लोपटक अस्पतालहरुमा गम्भीर अवस्थाका बिरामीको संख्या ४ हजार ६८ थियो तर शनिबार घटेर ३ हजार ९ सय ९४ भएको बोर्रेलीले बताएका छन् ।

इटलीको वैज्ञानिक परिषदका प्रमुख फ्रान्को लोकतेलीले पनि गम्भीर अवस्थाका बिरामीहरुको संख्यामा कमी आउनु राम्रो संकेत भनेका छन् । तर यसलाई इटलीले खतराको अवस्थालाई पार गर्यो भनेर भन्न भने नमिल्ने उनले बताएका छन् । उनले भनेका छन्, ‘कोरोना भाइरस नियन्त्रणका लागि हामीले जुन तरिका अपनाएका छौं, त्यो प्रभावकारी हुँदै गएको चाहिँ हो ।’

इटालीमा अहिले अतिआवश्यक काममा सुरक्षितका साथ बाहिर जान जान दिन थालेको छ । आधिकारिक रुपमा कोरोना भाइरस संक्रमणको सुरुवात २० फ्रेब्रुअरीबाट सुरु भएको थियो । हाल सम्म थुप्रै मानिसहरु भाईरस संक्रमणका कारण मृत्यृ भए ।