
पूर्णपुष्टि, २० असार ।
रूपन्देही कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्दकुमार यादव ४५ हजार घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इन्जिनियर यादवलाई बुधबार घुस रकमसहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
वडा नम्बर ७ अन्तर्गतको सडक पिसिसी र ग्राभेल गर्ने कामको नापजाँच पछि भुक्तानी दिनको लागि सेवाग्राहीसँग घुस माग गरेका थिए।
घुस मागेको सूचना पाएपछि खटिएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।
