Saturday, May 16News That Matters

इन्सेक उदयपुरको बर्षिक समिक्षा : ४९३ ओटा मानव अधिकारको घटना, ५५६ पिडित

पूर्णपुष्टि, ८ पुष ।
इन्सेक उदयपुरले एक बर्षको काम कार्वाहीको बार्षिक समिक्षा गरेको छ । आईतबार कोशी प्रदेश उपसभामुख सिर्जना दनुवारको प्रमुख आतिथ्यता तथा सरोकारवाला, मानवअधिकारकर्मी, पत्रकार, महिला अभियान्ता गैरसरकारी संस्था लगायतको उपस्थितिमा गाईघाटमा बार्षिक समिक्षा गरिएको हो ।

इन्सेक उदयपुरका प्रतिनिधि राकेश नेपालीले गत बर्षको तुलनामा यस बर्ष मानव अधिकारको घटना ब्यापक बढेको जनाएको छ । नेपालीका अनुसार गत बर्ष ४० ओटा मात्रै मानव अधिकारका घटनाहरु संलग्न रहेकोमा यस बर्षभने ४९३ ओटा मानवअधिकारका घटना मौलाएको जनाए । ३७९ ओटा त घरेलु हिंसाको घटना मात्रै रहेको छ उनले भने , । जसमा बालिका बलत्कारका घटना ४८, महिला बलत्कार २६, घरेलु हिंसा ३७९, हत्या र हत्या प्रयास १७, कुटपिट ४, बहुविवाह ९, बाल बिवाह ४, महिला बालवालिका बेचविखन प्रयास ५, र झडप १ गरी जम्मा ४९३ ओटा मानवअधिकार सम्बन्धि घटना उदयपुरमा घटेको इन्सेकले देखाएको छ ।

तथ्याँङकले सबै घटनाहरु गैर राज्य बाट मात्रै रहेको पाईएको उल्लेख गरेको छ । यस घटनाले ५५६ जना ब्यक्तिहरु पिडित छन् उनिहरुलाई यस मानव अधिकारको घटनाले प्रत्यक्ष रुपमै असर परेको जनाईएको छ । समिक्षामा उपस्थित सम्बन्धित पक्षहरुले तथ्याँङक मात्रै सार्वजानिक नगर्न र यसलाई न्युनिकरण तर्फ पनि लाग्न सुझाएको छ । घटनालाई पूर्णतया सार्वजानिक मात्रै गर्नेकी नियन्त्रण तर्फ पनि लाग्ने, उनिहरुले सोधेका छन् ।

मानव अधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संघ संस्थाहरु प्रसस्त हुँदा हुँदै पनि किन घटना बढिरहेको छ ? त्यसको जिम्मेवारी र घटनाको भागेदार बन्न सबै निकायहरुलाई सुझाव समेत दिईएको छ । उनिहरुले यसको नियन्त्रण तर्फ लाग्न सबै जिम्मेवार निकायहरुलाई सुझाव दिएको छ ।

इन्सेकले प्रत्येक बर्षको घटना प्रतिवेदनको समिक्षा गर्दै नेपाल मानव अधिकार बर्षको पुस्तक तयार गर्ने गरेको छ । २०८० को पुस्तक तयार पार्नका लागि इन्सेक उदयपुरले समिक्षा कार्यक्रमको आयोजना गरेका थिए । समिक्षा कार्यक्रम सँगै इन्सेक कोशी प्रदेशले उदयपुरका संञ्चारकर्मीहरु सँग मानव अधिकारका सवाल बिषयक अन्तरक्रिया समेत गरेको छ । इन्सेकका कोशी प्रदेश प्रमुख सोमराज थापा र प्रलेख अधिकृत पुण्य प्रसाद अधिकारीको उपस्थितिमा जिल्लाको पत्रकारहरु सँग अन्तरक्रिया समेत भएको हो ।