इलाममा पूर्ण तामाङले गरे श्रीमती र छोरीको हत्या

पूर्णपुष्टि कार्तिक ९
इलामका पूर्ण तामाङले आफ्नै श्रीमती र छोरीको हत्या गरेको छ । उनले श्रीमती, छोरी र घरपालुवा कुकुरसमेत मारेको आरोप छ। गए राति उनले श्रीमती, छोरी र कुकुरको हत्या गरेको अभियोग छ। देउमाई नगरपालिका वडा नम्बर ५ का ३४ वर्षका पूर्णचन्द्र तामाङ (कमल) ले ३५ वर्षकी श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले घटनास्थलतर्फ प्रहरी गइरहेको बताए । दुई जनाको हत्या भएको जानकारी आएको उनले बताए । ‘प्रहरी घटनास्थल पुगेपछि थप जानकारी आउँछ,’ उनले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: