राष्ट्रिय काराँते खेलाडी उदयपुरकी अनुद्धारा उत्कृष्ट अंक ल्याउने तिन खेलाडीलाई १० हजार प्रदान

पूर्णपुष्टि, २ पुष ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त कराते खेलाडी उदयपुरकी अनु अधिकारीले गाईघाटमा आयोजित प्रदेश स्तरीय कराते प्रतियोगितामा सहभागी उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरेकी छिन् । अधिकारी हाल अमेरिका स्थित न्यु योर्कमा कराते प्रशिक्षणको रुपमा छिन् । अधिकारीले खेलाडीहरुलाई प्रोत्साहन स्वरुप रु १० हजार व्यक्तिगत रकम पुरस्कार बापत प्रदान गरेको हो । अधिकारी करातेमा निकै सफल खेलाडी हुन् ।

उनी हाल सम्म अन्तराष्ट्रिय स्तरको ५ खेलमा च्याम्पियननै भैसकेकी छिन् । तेस्रो सार्क अल स्टाईल ओपन कराँते च्याम्पियनशिप, जर्मन ओपन कराँते, थाईल्याण्ड ओपन डो कराँते, अस्ष्टिे«लियन ओपन कराँते र मार्शल आर्टस टे«डिशनल कराँते प्रतियोगिता गरी ५ ओटा खेलमा च्याम्पियन भैसकेकी छिन् । त्यो सँगै १३ औँ सागमा स्र्ण पदक, ११ औँ दक्षिण एसियाली खेलकुदमा रजत पदक, ओपन सितेरियो कराँते कप हँगेरीमा रजत पदक प्राप्त गरिन् । साथै राष्ट्रिय खेलमा छैटौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक, साँतौ र नवौँमा स्र्ण पदक पाईसकेकी छिन् । जन्म स्थान नुवाकोट भएकी अधिकारी हाल त्रियुगा नगरपालिका १३ असारी स्थित स्थाीइ बसोवास गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0