Wednesday, June 10News That Matters

उत्कृष्ट नगर गान लेखन घिमिरे नगद र प्रशंसा पत्रबाट सम्मानित

पूणर्पुष्टि, सम्वाददाता

त्रियुगा नगरगानका उत्कृष्ट लेखक खिला घिमिरेलाई त्रियुगा नगरपालिकाको ५ औँ नगरसभामा सम्मान गरिएको छ । घिमिरेलाई नगरपालिकाले ५१ हजार १ सय ५१ रुपयाँ नगद सहित कदर पत्रले सम्मान गरेको हो । त्रियुगा नगरपालिकाको लागि नगरगान रचना गरी उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नगरले सम्मान गरेको हो ।

नगरको सम्पूणर् भुभाग, जाति, भाषा धर्म र संस्कृतिको समान्तरमा नगरगानको उत्कृष्ट रचना रहेको भन्दै नगरपालिकाले लेखक घिमिरेलाई उच्च कदर गर्दै सम्मान गरिएको प्रशंसा पत्रमा उल्लेख गरिएको छ ।

उत्कृष्ट नगरगान लेखकलाई सम्मान गर्ने नगरकार्यपालिकाको निणर्य अनुसार उत्कृष्ट नगरगान लेखकको रुपमा छानिएका घिमिरेलाई सम्मान गरिएको हो ।