
पूर्णपुष्टि, कार्तिक १७
देशकै सबैभन्दा ठुलो उदयपुर सिमेन्ट उद्योगले उत्पादन क्षमता बृद्धीलाई प्राथामिकता दिँदै नयाँ दुर्ई योजना अघि सारेको छ । सरकारी स्वामित्वका देशकै ठुलो उद्योगले अब थप उत्पादन क्षमता बृद्धी गर्ने भन्दै दुई योजनाका साथ उद्योग अघि बढेको बताए ।
पुराना मेसिन र प्रविधिबाट सञ्चालन हुँदै आएको उद्योगले क्षमताअनुरुप सिमेण्ट उत्पादन गर्न नसकेपछि व्यवस्थापन पंक्षले नयाँ प्रविधि भित्र्याई पुर्ण क्षमतामा सञ्चालन गर्ने योजना अघि सारेको हो । कतिपय मेसिन र प्रविधि झण्डै तीन दशक अघिकै रहेकाले उत्पादनमा क्रमश ह्रास आउन थालेपछि ‘मर्मत संभार तथा अपग्रेडिङ्ग अभियान अन्तर्गत नयाँ योजना अघि सारेको महाप्रबन्धक गोपीकृष्ण न्यौपानले बताए ।
क्लिन सेलमा आएको खरावीलाई परिवर्तन गर्ने र रिइन्फोर्समेण्ट सस्पेन्सन प्रिहिटर सिष्टम जडान गर्ने गरी उद्योगले नयाँ योजना अघि सारेको हो । त्यसका लागि उद्योगले फागुन १५ गते भित्र सम्पन्न गर्ने गरी २० मिटर क्लिन सेल फेर्न टेण्डर प्रक्रियाद्वारा सम्झौता गरिसकेको उनले बताए । त्यसैगरी रिइन्फोर्समेण्ट सस्पेन्सन प्रिहिटर सिष्टम जडान गर्न अन्तिम अध्ययन गर्न कन्सल्टेण्ट ९विज्ञ० नियुक्तिको प्रक्रिया पूरा गरेको उनले बताए । दुबै नयाँ योजना चालु आर्थिक बर्ष भित्र सम्पन्न गर्ने गरी संचालक समितिले बजेट पारित गरीसकेको छ ।
परित वजेट निकासाका लागि उद्योग मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा सिफारिस भएको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले बताए । अर्थ मन्त्रालयले ऋण सहयोग स्विकृति दिए लगत्तै दुबै प्रविधि जडान हुने र उद्योगले गतिलिने उनको भनाई छ । नयाँ प्रविधि जडानका लागि गरिएको प्रारम्भिक अध्ययनले हालको दैनिक क्षमता ८ सय बाट ११ सय मेट्रिकटन पुग्ने देखाएको छ । पुरानो मेसिन मर्मतसम्भार गरी चलाउँदा समस्या आईरहने भएकाले सुधारका योजना अघि सारिएको उनको भनाई छ ।
महाप्रबन्धक न्यौपानेले भने, ‘पुरानो मेसिन मर्मत गरेर चलायो, दुई दिन वित्न नपाउँदै अन्य समस्या आउँछ, उद्योग सञ्चालन भन्दा पनि मर्मतसम्भारमै दिन वित्न थालेपछि नयाँ योजना अघि सारिएको हो । ‘नयाँ प्रविधि भित्र्न साथ उद्योगको पुरानो लयलाई समात्दै अझ उत्पादनमा बृद्धी हुन सक्ने संकेत देखिएको छ, उनले भने, ‘यहीँ अवश्थामा सञ्चालन गर्ने हो भने ढिलोछिटो एउटा सरकारी उद्योग टाट पल्टने अवश्था छ, त्यसैले भएको स्रोतसाधनको अधिकतम प्रयोग गर्न खोजिएको हो ।
मर्मतसम्भार र क्षमता बिस्तारबाट उत्पादनमा हुने वृद्धिले उद्योगको आर्थिक स्थिति सुदृढ भइ निकट भविष्यमा अवकाश हुने कर्मचारीहरुले उत्पान तथा औषधि उपचार, सामाजिक कार्य, उदयपुरको विकास निर्माणमासमेत टेवा पुग्ने उनले बताए । एकातर्फ मर्मतसंभार खर्च बृद्धी र अर्कोतर्फ ब्रेकडाउनको समय बढी भएकाकारण दैनिक ८ सय मेट्रिकटन उत्पादन क्षमता रहेको उद्योगले औषतमा बार्षिक ३ सय मेट्रिकटनको हाराहारीमा उत्पादन गर्दै आएको महाप्रबन्धक न्यौपानेले बताए । उनले भने, ‘नियुक्ती भए लगत्तै उद्योग प्रवेश गर्दा उद्योग सञ्चालन गर्न कठिनाई थियो तर सबैको साथसहयोगले पहिलो ६ महिना उत्पादित सिमेण्ट बिक्री गर्दै आर्थिक स्थिति सुधार गर्न सफल भए ।
क्षमता अनुसार उद्योग सञ्चालन नहुँदा उद्योगलाई दैनिक आर्थिक व्यवहार थपिदै गएको छ । लक्ष्यअनुसार उत्पादन नहुँदा उद्योगबाट सेवानिवृत भएका कर्मचारीको उपदान, औषधि उपचार लगायतको सेवासुबिधा उपलब्ध गराउनसमेत असहज भएको प्रवक्ता पोखरेलले बताए ।
अवकाश कर्मचारीलाई २ करोड २३ लाख भुक्तानी
आर्थिक संकटका विच उद्योगले पछिल्लो समय अवकास प्राप्त कर्मचारीलाई उपदान वापत २ करोड बढि रकम भुक्तानी गरेको छ । सेवानिवृत भएको ६ महिनासम्म पनि पाउने सुविधा नपाएको गुनासो बढ्न थालेपछि उद्योगले भर्खरै २ करोड २३ लाख भुक्तानी गरेको हो । वर्षेनी कर्मचारीको उपदान र औषधि उपचार कोषमा जम्मा गर्नुपर्ने रकम यस अघिका महाप्रबन्धकहरुले नियमित जम्मा नगरिँदा अवकाश प्राप्त कर्मचारीलाई भुक्तानी दिन समस्या भएको प्रवक्ता पोखरलले बताए ।
एकातर्फ नियमित खर्च ब्यहोर्नुपर्ने र अर्कोतर्फ पुरानो दायित्व भुक्तानी एकैसाथ गर्नु पर्ने दायित्व सृजना भएपछि केहि समस्या भएको हो अव हामी यसलाई नियमित गर्ने तर्फ अघि बढिसकेको उनले बताए । न्यौपाने नियुक्त हुन अघि अवकास प्राप्त २१ जना कर्मचारीको उपदान बापत ५ करोड ५४ लाख ९३ हजार ५ सय २० रुपैँया र औषधि उपचारवापत १ करोड ५० लाख ३५ हजारगरी कुल ७ करोड ५ लाख २९ हजार बाँकी रकम भर्खरै भुक्तानी गरिएको उनले बताए ।
कोष बाहेक उद्योगले दिनुपर्ने बिदा मुआब्जा बापत ७२ लाख ५८ हजारसमेत भुक्तानी भैसकेको उनले बताए । पछिल्लो समय उमेर हदकाकारण अवकास हुने कर्मचारीको संख्या ह्वात्तै बढेको छ । महाप्रबन्धक न्यौपाने नियुक्त हुनु पूर्वका कर्मचारीलाई भुक्तानी गर्नुपर्ने भएकाकारण पछिल्लो समय अवकाश प्राप्त कर्मचारीले भुक्तानी पाउन सकेका छैनन ।
पोखरेलले भने, ‘पछिल्लो समयमा अवकाश प्राप्तमध्ये मृत्यु भएका ३ जनाको हकमा उपदान, औषधि उपचारको लागि १ करोड ५ लाख ४३ हजार र अन्य १८ जना कर्मचारीको औषधि उपचारवापत १ करोड १८ लाख गरि कुल २ करोड २३ लाख मंगलबार भुक्तानी गरिएको हो । बाँकी उपदानको हकमा रकम व्यवस्थापन गर्दै जेष्ठताका आधारमा क्रमशः भुक्तानी गर्दै जाने नीति लिएको उनले बताए ।
