Wednesday, June 3News That Matters

उदयपुर सिमेन्ट उद्योगमा राष्ट्रिय बाणिज्य बैँकको एक्सटेन्सन काउन्टर स्थापना

पूर्णपुष्टि, फागुन २८
राष्ट्रिय बाणिज्य बैँक गाईघाट शाखाले उदयपुर सिमेन्ट उद्योग जलजलेमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । उद्योग तथा कर्मचारी सहित त्यस आसपासका स्थानीयहरुलाई लक्षित गरी काउन्टर स्थापना गरेको हो ।
उक्त काउन्टरको उद्घाटन शनिवार त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले गरे । उद्घाटन सँगै मेयर चौधरीले त्यस काउन्टरको शाखा, बैँकको सेवा सुविधा र व्यवस्थापनको समेत परिक्षण गरे । काउन्टर स्थापनाले बाणिज्य बैँक सँग सम्बन्धित रहेर कारोबार गर्ने सम्बनिधत उद्योगका कर्मचारी र त्यस क्षेत्रको स्थानीयहरुलाई सुविधा थपिएको जनाएको छ । अब आफ्नै स्थान बाट सहज आर्थिक कारोबार हुने भएपछि थप सजिलो भएको उद्योगले जनाए ।

राष्ट्रिय बाणिज्य बैँकका गाईघाट शाखा प्रमुख विष्णु भट्टराईले उद्योगमा काउन्टर मात्र नभई सोहि आसपास तत्काल शाखानै विस्तार गर्ने योजना रहेको जनाएको छ । बैँकले देउरी वा जलजले कुनै पनि स्थानमा स्थानीय तथा उद्योगलाई समेट्ने हिसावले शाखा विस्तार गर्ने पनि जनाए । काउन्टर उद्योगकै भवनमा स्थापना गरिएको छ ।