पूर्णपुष्टि, कार्तिक १८ गते ।
उदयपुरमा शुक्रबार नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लाको त्रियुगा नगरपालिका–६ जलजले स्थित उदयश्री बहुमुखी क्याम्पसमा कार्यक्रम सम्पन गरिको हो ।
आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको तयारीका क्रममा नमुना मदान कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । कार्यालयको अनुसार निर्वाचनको समयमा मतदातालाई मतदान गर्ने शिक्षाको अभाव हुँदा मतपत्र रद्द हुने सम्भावना बढी हुन्छ । मतपत्र सतप्रतिशत सहि गराउनका निम्ति सो कार्यक्रमको आयोजना गरिएको कार्यालयले जनाएको छ ।

