Sunday, March 16News That Matters

उदयपुरकाे पहिलाे पार्केटिङ कबर्डहल सिडियाे र संघ अध्यक्षद्वारा संयुक्त उद्घाटन

पूर्णपुष्टि, फागुन २८
उदयपुरमा पहिलाे पटक पार्केटिङ गरिएकाे ब्याड्मिन्टन कबर्डहलकाे उद्घाटन आज प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरे र उदयपुर जिल्ला ब्याड्मिन्टन संघका अध्यक्ष कालिदास राई (किसन) ले संयुक्तरुपमा उदघाटन गरेका छन् ।
जिल्ला खेलकुल विकास समितिसंगै रहेकाे ब्याड्मिन्टन कबर्डहल बाेक्सेकाे पार्केटिङ गरि उद्घाटन गरिएकाे हाे ।
जिल्लाकाे कटारी, बेल्टार, बसाहा, रामपुर, लिम्चुङबुङ, नेपालटार र त्रियुगा नगरपालिकाकाे विभिन्न वडामा कबर्डहल भएपनि पार्केटिङ बाेक्सेमा पहिलाेपटक भएकाे हाे ।
कबर्डहललाई थप आधुनिक, प्रविधि तथा सुविधायुक्त बनाउने उद्देश्यले खेलप्रेमी तथा खेलाडिहरुकाे पहल तथा आर्थिक सहयाेगमा पार्केटिङ गरिएकाे संघका अध्यक्ष राईले बताउनुभयाे । अध्यक्ष राईले आफ्ना स्वर्गीय आमा-बुवाकाे स्मृतीमा पार्केटिङका लागि पाँचलाख प्रदान गर्नुभएकाे थियाे ।
हल पार्केटिङ निर्माण समितिका संयाेजक बलबहादुर कार्कीका अनुसार हालसम्म ११ लाख ६ हजार खर्च भएकाे छ । हल पार्केटिङ गरिएपछि जिल्लाकै पहिलाे र आधुनिक कबर्डहल बनेकाे छ । ब्याड्मिन्टन खेलाडि उत्साहित भएका छन् ।