Friday, February 14News That Matters

उदयपुरका ऋषि राई पोयट आईडलको उत्कृष्ट चौधमा

पूर्णपुष्टि, ८ फागुन ।
उदयपुर र उदयपुरको कटारीका ऋषि बहादुर राई कविताको रियालिटी शो द पोयट आईडलको उत्कृष्ट चौधमा पुगेका छन् । हिमालय टिभीमा हरेक सोमबार र मंगलबार राति ९ बजेदेखि प्रशारण भईरहेको कविताको रियालिटी शो पोयट आईडलको दोस्रो सिजनमा राईले सोमबार उत्कृष्ट चौधको प्रतिष्पर्धात्मक प्रस्तुति समेत दिईसकेका छन् ।

पेशाले जिल्लाको कटारीलाई केन्द्र बनाएर पत्रकारिता गर्दै आईरहेका राई कवि तथा लेखक समेत हुन् । कवितामा विशेष गरी ग्रामिण परिवेशलाई जस्ताको त्यस्तै उतार्ने कवि राईले पोयट आइडलमा प्रस्तुत गरेको रुद्रेम्पा र उसको हाँसो , तीन सरकारलाई आग्रह , फरेन दाजु तँ विदेश नजा शिर्षकको कवितालाई स्रोता दर्शकले उल्लेख्य रुपमा मन पराएका छन् ।

डिजिटल , फिजिकल अडिसन हुँदै उत्कृष्ट चौधमा पुगेका राईलाई अव भने दर्शक स्रोताहरुको भोटको आवश्यकता रहेको छ । आगामी चरणमा पुग्नका लागि राईलाई मंगलबार राति १० बजेदेखि शुक्रबार विहान १० बजेसम्म भोट गर्नुपर्ने हुन्छ । भोट गर्नका लागि मोबाईलको एप स्टोर वा प्लेस्टोरमा गएर ओएसआर कनेक्ट डाउनलोड गरी ईसेवा र खल्तिबाट भोट गर्न सकिनेछ । विदेशमा हुनेहरुले खल्तिबाट भोट गर्न सकिनेछ ।

आफुले उदयपुरको प्रतिनिधित्व गर्दै देशको वास्तविकतामा आधारित कविताबाट समाजलाई सचेत गराउँदै आएको र आगामी दिनमा पनि सचेत गराउने प्रयास जारी राखेको बताउँदै कवि राईले आप्mनो प्रस्तुति मन परे भोट गर्न अपिल समेत गरेका छन् ।
लामो समय देखि कविता लेख्दै आएका राई संख्याका आधारमा थौरै कविता लेख्छन् , तर शसक्त लेख्छन् , शसक्त कविता मार्पmत माटोको सुगन्ध बोकेको कविका रुपमा आईडलमा परिचय बनाउँदै गएका राई नेपाल पत्रकार महासंघ उदयपुरका सह सचिव तथा साहित्य कला प्रतिष्ठान उदयपुरका सदस्य समेत हुन् । साहित्य र पत्रकारितालाई उत्तिकै माया गर्ने राईले आप्mना सिर्जनाहरुलाई धेरै माझमा पुराउँदै समाजको चित्रण गर्न पोयट आईडलको प्लेटफर्म रोजेको बताए । हाल राई पोयट आईडलको वन्द प्रशिक्षणमा रहेका छन् ।