Sunday, March 16News That Matters

उदयपुरका एक युवकले गरे लबुचे हिमालको सफल आरोहण

पूर्णपुष्टि, जेष्ठ ४ । उदयपुरका एक युवाले लबुचे हिमालको सफल आरोहण गरेका छन् । जिल्लाको बेलका नगरपालिका–७ मैनामैनीका जलन राईले बुधबार ६ हजार १ सय ९० मिटर अग्लो लबुचे हिमालको सफल आरोहण गरेका हुन् ।

खुम्बु क्षेत्रमा २ वर्ष अघि द माउन्टेन मेडिकल ईष्टिच्युटमा ल्याब कक्षमा कर्मचारीका रुपमा पुगेकै कारण आफु हिमालको सफल आरोहण गर्न सफल भएको बताएका छन् । आरोहीहरुको अनुभव र संगतले आफु आरोहणमा जाने जोश पलाएको राईको भनाई छ । ‘यो सफलताका लागि खुम्बु क्षेत्रका कृयाशिल व्यक्तित्व, आफन्तहरुको साथ रहेको छ ‘राईले भने’ उहाँहरुको साथ सहयोगले यो सफलता पाएको हुँ । लबुचेको आरोहणसँगै राईले आगामी लक्ष्य आईशल्याण्ड पिक , आमादब्लम र सगरमाथा चढ्ने रहेको बताए ।