Sunday, July 12News That Matters

उदयपुरका कुपोषित बच्चाहरु सुधारका लागि २५ स्वयमसेवक हरुलाई पाँच दिने तालिम

पूर्णपुष्टि, पुष ४
उदयपुरमा रहेका कुपोषित बच्चाहरुको सुधारमा टेवा पुराउन मदत गर्ने भन्दै गाईघाटमा २५ जना स्वयमसेवकहरुलाई बृहत तालिमको आयोजना गरिएको छ । मानव अधिकार बातावरण केन्द्र (हुरण्डेक) र वल्र्डभिजन इन्टरनेशनल नेपालको साझेदारीमा तिन दिने तालिमको आयोजना गरिएको हो ।
उदयपुरको बिकट ठाउँहरुमा रहेका न्युन बर्ग र अशिक्षित वस्तिका परिवारहरुलाई कुपोषण बाट बचाउन उक्त स्वयमसेवकहरुलाई परिचालित गरिन्छ । त्यसका लागि स्वयमसेवकहरुलाई सहज र निम्न जानकारीका आधारमा काम गराउन (पिडिहर्थ) सकरात्मक झुकाव तथा सामुहिक चुल्हो तालिम आयोजना गरिएको हुरेण्डेक उदयपुरले जनाएको छ । ”सकारात्मक झुकाब भनेको सकारात्मक व्यवहार जुन सधै गर्ने भन्दा पृथकहुन सक्छ र सामुहिकचूल्हो भनेको सामुहिक रुपमा नानी हरुलाइ पोषिलो खानेकुरा बनाएर खुवाउने स्थान बुझ्न सहिन्छ । सकरात्म व्यवहार र आफ्नै गाउँठाउँमा उत्पादित खानेकुरालाई सन्तुलित गर्दै पोषणको रुमा आहारा खुउँदा बच्चाहरु कुपोषण बाट बचाउन सकिने तालिममा सिकाईएको छ ।


बालवालिकाहरुको बाच्नपाउने अधिकारलाई मध्यनजर गर्दै समुदायमा रहेको कुपोषित नानीहरुलाई समुदायस्तरमै सुपोषित बनाई जिवनस्तरमा सुधार गर्न सहयोग गर्ने तालिममको मुख्य उदेश्य रहेको जनाईएको छ । जिल्लाको ताप्ली, रौता, उदयपुरगढी र लिम्चु‚बु‚गाउँपालिका साथै कटारी र त्रियुगा नगरपालिकाका २५ जना स्वयमसेवकहरुलाई २८ गते देखि पौष ३ गते सम्म तालिम दिईएको हो ।
तालिमले बिषेशतया कुपोषणको प्रकार, कुपौषित र सुपौषित पत्ता लगाउने विधि र तरिका, पोषणयुक्त खानाबनाउने तरिका, सामुहिक चुल्हो अन्तर्गत १२ दिन सम्म सञ्चालन गर्ने विधि र तरिका साथै सेसन पछि घरभेट को तरिकाहरु बारे छलफल सिकाएका थिए ।
तालिममा समुदायको ६ महिना देखि ५ बर्ष सम्मका कुपोषित नानीहरुको पोषण अवस्था पहिचान गर्दै कुपोषित हुनलागेको ६ देखि १० जना नानीहरुलाई छनौठ गरि समुदायमै पाईने स्थानिय पौष्टिक अन्न र गेडागुडिहरुलाई मिलाएर बिभिन्न परिकार बनाउन सम्बन्धि छलफल भएका थिए । उक्त कार्य समुहमा विभिन्न खानाको प्रकार बनाएर १२ दिन सम्म लगातार खुवाउने र नानीहरुको आमाहरुलाई पनि पकाउने तरिकाहरु सिकाईने जनाईएको छ । साथै उनिहरुलाई सकारात्मक ब्यवहार परिबर्तन बारे पनि छलफल भएको थियो ।
यो कार्यक्रम अन्तरारिष्ट्रय रुपमा प्रमाणित कार्यक्रम हो । जसले सामान्य र मध्यम कुपोषणको पुनस्र्थापन समुदाय स्तरमै गर्न सहयोग गर्छ । साथै योविशेष गरि ६ महिना देखि ५ बर्षको कुपोषित नानीहरुको पोषण अवस्थामा सुधार गर्न लक्षित गरिएको छ । कुपोषण प्राय आर्थिक स्रोत कम्जोर भएका र शिक्षा बाट बन्चित जिल्लाका पहाडी क्षेत्रहरुमा देखा परेको कार्यक्रमहरुले प्रष्ट पारेका छन् ।