पुर्णपुष्टि, पुष ४ । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष समेत रहेका रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकमा अध्यक्ष लामिछाने दलको नेता चयन भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
आज बसेको दलको बैठकले प्राकरम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको हो । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन हुन बाँकी छ ।
बिहान ११ बजे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले बाँकी पद पूर्ति गर्ने र सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि सोही बैठकमा छलफल हुने एक नेताले बताए ।
