पूर्णपुष्टि, पुष ४ गते ।
झापाको मेचिनगर नगरपालिका–१३ स्थितमा ट्रकले मोटरसाईकललाई ठक्करदिँदा एक युवतीको मृत्यु भएको छ । मृत्इु हुनेमा रोङ गाउपालिका–६ इलामकि २३ बर्षीया उषा राई रहेकी छिन् ।
हिजो राती साढे ८ बजे ना। ८ ख ३३३६ नम्बरको ट्रकले मे. ७ प १७२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलको पछाडि सवार रहेकि राई घाईते भएकी थिईन् । उनको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र चालक पाँचथर मिक्लाजुङका सुन्दर राज आङदाम्बेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
