
पूर्णपुष्टि, असार २५
उदयपुरमा आज (शुक्रबार) थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुरसार ८ पुरुष र ९ महिला गरी १७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ५०१ जना पुगेको छ ।
आज थपिएका संक्रमितहरु त्रियुगा, बेलका र कटारी नगरपालिकाका रहेका छन् । सबै भन्दा बढी त्रियुगामा ८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ पुरुष र ३ महिला रहेका छन् ।
त्यस्तै, बेलकामा १ पुरुष र ५ महिला गरी ६ जना र कटारीका २ पुरुष र १ महिला गरी ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थय कार्यालयको तथ्याङकमा उल्लेख छ ।
जिल्लामा सक्रिय संक्रमितको संख्या १३५ पुरुष र १५७ महिला गरी २९२ जना रहेका छन् । जिल्लामा कोरोना मुक्त हुनेका संख्या १ हजार १७९ पुरुष र ९८० महिला गरी २ हजार १५९ जना रहेका छन् । जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४ पुरुष र १६ महिला गरी ५० जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
