Wednesday, July 1News That Matters

खुकुरी प्रहार गरी साथीको हत्या,

पूर्णपुष्टि, असार २५

संखुवासभा चिचिला गाउँपालिका–२ घर भई हाल सोही स्थान दिदीको घरमा बस्दै आएका २६ बर्षीय पेमा शेर्पाको खुकुरी प्रहार गरी हत्या भएको छ । खादबारी नगरपालिका–१ तिलार नयाँबस्ती का २४ बर्षीय मुकेस तामाङले शेर्पालाई खुकुरी प्रहार गरी हत्या गरेको हो ।

आज बिहान ९ बजे मृतकको घरदेखी अन्दाजी ५०० मिटर दक्षिण खोल्सीमा उनको शब फेला परेको जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई मुकेस तामाङलाई नियन्त्रणमा लिईएको थियो । पुरानो रिसिईबीको कारण गएराती २ बजे आफ्नो घरमा आएका पेमा शेर्पालाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाई छाडेको भन्ने पक्राउ परेका मुकेसको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।