Tuesday, June 9News That Matters

नेपालमा थप २,२३९ जनामा संक्रमण पुष्टि, २० जनाको मृत्यु

पूर्णपुष्टि, असार २५

वितेको २४ घण्टामा देशभर थप २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसांख्या मन्त्रालयका अनुसार ६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख ९५ हजार ८८ जना पुगेको छ ।

वितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप २० जनाको ज्यान गएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ३४० जना पुगेको मन्त्रालयले जनाएको छ ।

वितेको २४ घण्टामा देशभर १ हजार ३१६ कोरोना मुक्त भएका छन् । योसँगै कोरोना मुक्त भएर घर फर्किनेको संख्या ६ लाख १६ हजार ९२९ जना पुगेको छ ।

अहिले नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार ५९० जना रहेको मन्त्रालयले जनाएको छ ।