
पूणर्पुष्टि, असोज ६
उदयपुरका २ अति अपाङगता दाजुभाईले जिल्ला प्रशासन कार्यलय उदयपुर बाट मंगलबार नागरिकता पाएको छ । लिम्चुङबुङ गाउँपालिका बाँसबोटे नर्थुङका जिवन राई र दोशन राईले जिल्ला प्रशासन कार्यलय उदयपुरबाट सहज रुपमा नागिरकता पाएको हो ।
साहायक सिडियो शसि कुमार लम्साल र प्रशासकिय अधिकृत झक्त बहादुर राईको पहलमा उनिहरुलाई सहजै नागकिता प्रदान गरिएको छ । उदयपुरकै बिकट पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकाबाट नागरिकताकै लागि बाबु पूणर् बहादुर राई र आमा रन्त कुमारी राई सँग दाजु भाई सोमवार सदरमुकाम गाईघाट झरेका थिए । बाबु पूणर् बहादुर राई र आमा रत्नमाया राईको दुइ जना मात्र शन्तानको रुपमा रहेको दुवै शन्तान १० बर्ष अघि अपाङगता हुन पुग्यो । 

जेठा छोरा जिवन अहिले २० बर्षको भयो भने कान्छो १८ बर्षको भयो । हस्पिटलले जानकारी गराए अनुसार ति दाजु भाई प्यारालाईसिसको बिरामी रहेको बुबा पूणर् बहादुर राईले बताउनुभयो ।
छोराहरु दुवैजना अचानक त्यस्तो भएपछि पूणर् बहादुरको परिवार छोराहरु स्याहार्नै ठिक्क हुन्छ कुनै अरु शन्तान छोराछोरीहरु नभएपको त्यस परिवारमा बाबु आमाले १० बर्ष अघि देखि उनिहरुलाई स्याहार्र्दै आएको छ ।
जेठा छोरा करिब १० बर्षको हुदा अलिअलि बिरामी हुँदै सुक्दै गएर अचानक थला परेको र कान्छा ७ बर्षको हुदा अलिअलि गर्दै थला परेको बुबा पूणर् बबहादुर राई बताउनु हुन्छ।
दाजुभाई १० र ७ बर्ष सम्मको हुदा जल्दो बल्दो र अन्य सामान्य व्यक्तिहरु जस्तै रहेको परिवारले बताए । उनिहरु त्यो बेला खोटाङबाट हिडेर आउने गरेकोक समेत आमा रत्ना कुमारी राईले बताउनुभयो ।
पछि अचानक त्यस्तो भएपछि १० बर्ष अघि उपचारको लागि गाईघाट झारिएको र त्यहाँ १ महिना सम्म राखेर उपचार गर्दा सफल नभएपछि घर फर्काएको राईले बताउनुभयो । घरमा धामि झाँक्रि गर्दा जंगली भन्दै उपचार गरियो अहिले सम्म पनि केहि सुधार आएन रत्ना बताउनु हुन्छ ।
पारिवारिक आर्थिक समस्याका कारण राम्रो उपचार गर्न नसकेको परिवारले बताए । आफुहरुको पनि बृद्ध उमेर भैसकेको अवस्था छ आजभोली भन्दै आफ्नो पनि थला पर्ने दिन आउन थालेको बाबु पूणर् बहादुर समस्या सुनाउनुहुन्छ । सहज रुपमा नागरिकता पाउन सफल भएको भन्दै सहयोग गर्नुहुने कर्मचारी र प्रशासन कार्यलयलाई पनि राई परिवारले धन्यवाद दिनुभयो ।
साहायक सिडियो लम्सालले नागरिकता बनाएर बुझाएपछि दाजुभाईको स्वास्थ्य लाभको कामना गर्दै केहि आर्थिक सहयोग पनि गर्नुभयो ।
—
