
उदयपुर, माघ ७ ।
पूर्वीकाे पर्यटन प्रबर्धनमा याेगदान गरेकाे भन्दै उदयपुर कान्तिपुर सम्बाददाता तथा पूर्णपुष्टि मिडिया सञ्चालक/सम्पादक
भाेटराज राईसहित तीनजनालाई बेलका हाेटल ब्यवसायी संघले आज सम्मान गरेकाे छ ।
संघले पत्रकार राई र सरकार मार्फत मान्यता प्राप्त उदयपुरकाे पहिलाे दुई ब्यवसायिक (टेन्डम) प्याराग्लाईडिङ पाईलटहरु धनकुमार राई, नवराज राईलाई सम्मान गरेकाे हाे । दुबै प्याराग्लाईडिङ पाईलटहरु बेलका नगरपालिका -८ निवासी युवाहरु हुन् । संघका अध्यक्ष रमन भट्टराईले दाेसल्ला, कदरपत्रले सम्मान गरे ।
उनीहरुले बेलकाकाे बाेप्ताङमै सिकेर त्यहिबाट उडानसम्मकाे ब्यवसायिक अनुमती प्राप्त गरेका हुन् । उनीहरुले पाेखराका ब्यवसायिक प्याराग्लाईडिङ प्रशिक्षक सुरेन गुरुङले बेलकामा सञ्चालन गरेकाे फ्लाईङ वन्डर्स प्याराग्लाइडिङ स्कुलबाट प्रशिक्षण पाएका हुन् । कार्यक्रममा प्रशिक्षक गुरुङकाे याेगदानकाेसमेत प्रशंसा गरिएकाे थियाे ।
यहाँ प्याराग्लाईडिङकाे माध्यमबाट पर्यटनमा ठुलाे टेवा पुगेकाे छ । यहाँ आठबर्षदेखि प्रशिक्षण सुरु भएकाे हाे ।
बेलकाकाे बाेप्ताङ नेपालकाे पाेखरा पछिकाे प्याराग्लाईडिङकाे उत्कृष्ट ठाउँ मानिएकाे प्रशिक्षक गुरुङले बताए ।
पूर्वपश्चिम मदन भण्डारी लाेकमार्ग सञ्चालनपछि बेलका र सप्तकाेशीकाे चतरा क्षेत्र पूर्विनेपालकाे चर्चित पर्यटन हव बनेकाे छ । यहाँ पर्यटनसंगै जलपर्यटन, हाेटल, ब्यवसाय फस्टाउदै गएकाे संघका सचिव दुर्गराज राईले बताए ।
