
पूर्णपुष्टि, २० मंसिर ।
उदयपुरका नेत्र सिग्देलको मोटरसाईकल मोरङको उर्लावारीबाट चोरी भएको छ । उदयपुरगढी गाउँपालिका वडा नं ७ का सिग्देलको हिजो बुधबार बेलुका अन्दाजी ९ : ५६ बजेको समयमा मोरङको उर्लावारी नगरपालिका वडा नं ३ मंगलबारेबाट चोरी भएको हो । सिग्देलका अनुसार प्र.१–०५–००१ प ६७२८ नं को कालो रंगको बजाज कम्पनीको २२० सिसिको पल्सर मोटरसाईकाल राखेकै स्थानबाट चोरी भएको हो । सिग्देलले मोटरसाईकलको खोजी कार्य गरिरहेको भएपनि अझै फेला पर्न नसकेको जनाए । उनले मोटर साईकल खोजी कार्यका लागि प्रहरीलाई समेत गुहारेका छन् । मोटरसाईकल खोजी कार्यमा सहयोग गरिदन र फेला पारे नजिकैको प्रहरी वा आफुलाई सम्पर्क गरी बुझाई दिन उनले अनुरोध गरे ।