आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

उदयपुरका पत्रकारलाई भेडेटारमा तालिम

पूर्णपुष्टि/उदयपुर, भदौ १० गते ।

उदयपुरका पत्रकारहरुलाई विपद् व्यावस्थापन न्युनिकरण तथा व्यवस्थापन बारे धनकुटाको भेडेटारमा तालिम आयोजना भयो । जाल्पा एकिकृत विकास समाजकोे आयोजना तथा वल्र्डभिजनको सहयोगमा सुक्रबारदेखिआयोजित दुईदिनेतालिममा विभिन्न मिडियाका २५ जना पत्रकारहरु सहभागि थिए ।

विपद्को अवस्थामा कसरी समाचार संकलन र सम्प्रेक्षण गर्ने भन्ने विषयबस्तु रहेको तालिममा  विपद् सम्बन्धीविज्ञ सिंहबहादुर खड्का र पत्रकार यज्ञप्रसाद शर्मा प्रशिक्षक थिए । आयोजक संस्थाका अध्यक्ष पुष्प पोखरेलले उद्घाटन गरेको तालिमको समापन समारोहमा सहभागिहरुलाई प्रमाणपत्र प्रदान भयो ।

नेपाल पत्रकार महासंघका प्रदेश तथा जिल्लाका पदाधिकारी, वल्डभिजन, आयोजक संस्थाका प्रतिनिधिहरुले तालिम सफलरुपमा सम्पन्न भएको भन्दै सिकेका कुराहरु पत्रकारको कलमबाट देश र जनताका लागि बाहिर निस्कुन भन्ने आशा गरेका छन् । सहभागिहरुले विपद्मा पिडित, प्रभावितको समाचार लेखेसंगै आप्mनो सुरक्षाको बारे सिकेको तालिम उपलब्धी मुलक भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0