
पूर्णपुष्टि, चैत्र ७ । जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरीप्रसाद घिमिरेको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले चैत ६ गतेको मन्त्रिस्तरीय निर्णयद्वारा गृह मन्त्रालय अन्तर्गतका १३ जना सहसचिव सहित ७ प्रजिअको सरुवा गरेका हुन् ।
पर्वत जिल्लामा सरुवा भएका घिमिरेको स्थानमा प्रेमप्रसाद लुइँटेल नयाँ प्रजिअको रूपमा आउन लागेका छन् । लुइँटेल यसअघि केही वर्ष उदयपुरमा सहायक प्रजिअको रूपमा कार्यरत रहिसकेका छन्, जसले गर्दा उनलाई स्थानीय प्रशासन र जिल्लाको अवस्थाबारे राम्रो जानकारी रहेको छ । प्रजिअ घिमिरेले एक वर्षभन्दा बढी समय उदयपुरमा बिताए भने उनको कार्यकाल विवादरहित रहेको छ ।
