
पूर्णपुष्टि, भदौ १०
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाका प्रमुख प्रेम कुमार राई देशभरीकै उत्कृष्ट शाखा प्रमुखको रुपमा सम्मानित भएका छन् ।
कम्पनी द्धारा आयोजित एक कार्यक्रममा राईलाई सम्मान पत्र र खादा ओडाएर देशभरीकै उत्कृष्ट शाखा प्रमुखको रुपमा सम्मान गरिएको हो । राईले उदयपुरको गाईघाट शाखामा प्रमुखको जिम्मेवारी बाट बिमा क्षेत्रमा निकै फल्दायी काम गर्नुका साथै कम्पनीको तार्गेट र उदेश्यलाई सफल पार्न प्रतिबद्ध रहि काम गरेको भन्दै उत्कृष्ट शाखा प्रमुखको रुपमा सम्मान गरेको कम्पनीले जनाएको छ ।
नेपालको भरपर्दो र निकै पुरानो विमा कम्पनीको रुपमा स्थापित नेशनल लाईफ इन्स्योरेन्स कम्पनी हाल नेपालको बभिन्न जिल्लाहरुमा १०१ ओटा शाखाहरु छन् । यस मध्ये बाट राई उत्कृष्ट शाखा प्रमुखको रुपमा छानिएका हुन् । बिमामाको क्षेत्रमा निकै सफल मानिएका यस कम्पनीको शाखा गाईघाटमा पनि लामो समय देखि संञ्चालनमा छ ।
राईले गाईघाट शाखालाई उत्कृष्ट बनाउ कम्पनीको कारोबार स्थापना काल देखिनै शाखा प्रमुखको रुपमा रहेर काम गर्दै आईरहेका छन् । करिब १ दशक लामो समयदेखि निरन्तर कम्पनीको बिमा क्षेत्रमा रहेर काम गरेको राईले आज सम्म आईपुग्दा उत्कृष्ट शाखा प्रमुखको रुपमा सम्मान हासिल गर्न सफल भएको हो । नेपालभर ठुलो संख्यामा रहेको नेशनलको शाखा १ नं प्रदेश मात्रै २० शाखाहरु छन् । गाईघाट शाखा नेपालको ३६ औँ शाखा हो ।
सम्मानित राईले ३६ औँ गाईघाट शाखा प्रमुखको रुपमा आफुले जिम्मेवारी लिँदै गर्दा देखेको त्यो वेलाको सपना केहि पुरा हुँदै गएको बताए। उनले यस विमाको क्षेत्रमा र यस कम्पनीमा अझै थुप्रै काम र प्रयासहरु बाँकीनै रहेको जनाए।
राईले आज आफु उत्कृष्ट शाखा प्रमुख हुँदै गर्दा सम्पूर्ण कर्मचारी, अभिकर्ता, कम्पन्नीको विश्वास, विमा कर्ता लगायत सम्पूर्णको साथ सहयोग रहेको बताए । राईले यस सम्मानले आफुलाई थप जिम्मेवारी र बफदारी बनाएको समेत महसुसगरे । कम्पनीले राईलाई काठमाण्डौँको चन्द्रगिरि हिल्समा सम्मान गरिको थियो ।
