
पूर्णपुष्टि, भदौ १०
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पद बाट राजिनामा दिएका छन् । पार्टी बिभाजन पछि बिभिन्न राजनितिक समस्या र पार्टी बचानका लागि आफुले राजिनामा दिएको राईले बताएका छन् । बिभिन्न राजनितिक समस्याका कारण राईले पद गुमाएका हुन् । राईले राजिनामा दिएपछि प्रदेश नं १ का मुख्यमन्त्री भिम आचार्य भएका छन् । आचार्यलाई आजै सपथ ग्रहण गराउने तयारी भईरहेको छ । राईले प्रदेश प्रमुखलाई भेटेर राजिनामा दिएका हुन् ।
प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये अहिले ९२ जना सांसद छन् । प्रदेशसभामा एमालेका मात्र ५१ सदस्य छन् । जसमध्ये एक जना सभामुख छन् ।
‘पार्टी एकतालाई बचाउन मैले राजीनामा दिएको हुँ । हामीले आचार्यजीलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सारेका छौँ,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै राईले भने, ‘विभाजन र पार्टी एकताको सर्वोत्तम कुरालाई ध्यानमा राखेर परिस्कृत परिस्थितिलाई सामना गर्ने, नेकपा एमालेको प्रभाव र वर्चश्वलाई जस्ताको तस्तै कायम राख्ने सरकारलाई सुरक्षित तरिकाले अगाडि बढाउने तमाम कुरालाई ध्यानमा राखेर मैले राजीनामा गरेको हुँ ।’
एमाले विभाजनपछि प्रदेश १ को संसदीय दलको बैठक पहिलो पटक बसेको हो । माधव कुमार नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि आचार्यलाई बिहीबार नै मुख्यमन्त्री बनाइँदैछ ।
माधव नेपाल पक्षका आचार्यसँगै बलबहादुर साम्सोहाङ, होमकुमारी सावा, जीवन घिमिरे, लक्ष्मण तिवारी, लिलाबल्लब अधिकारी, यसोधा अधिकारी र साबित्री जोशी एमालेमै खुलेका छन् ।
