Friday, June 19News That Matters

उदयपुरका प्रेम कुमार राई नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको देशभरीकै उत्कृष्ट शाखा प्रमुख

पूर्णपुष्टि, भदौ १०

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाका प्रमुख प्रेम कुमार राई देशभरीकै उत्कृष्ट शाखा प्रमुखको रुपमा सम्मानित भएका छन् ।

कम्पनी द्धारा आयोजित एक कार्यक्रममा राईलाई सम्मान पत्र र खादा ओडाएर देशभरीकै उत्कृष्ट शाखा प्रमुखको रुपमा सम्मान गरिएको हो । राईले उदयपुरको गाईघाट शाखामा प्रमुखको जिम्मेवारी बाट बिमा क्षेत्रमा निकै फल्दायी काम गर्नुका साथै कम्पनीको तार्गेट र उदेश्यलाई सफल पार्न प्रतिबद्ध रहि काम गरेको भन्दै उत्कृष्ट शाखा  प्रमुखको  रुपमा सम्मान गरेको कम्पनीले जनाएको छ । नेपालको भरपर्दो र निकै पुरानो विमा कम्पनीको रुपमा स्थापित नेशनल लाईफ इन्स्योरेन्स कम्पनी हाल नेपालको बभिन्न जिल्लाहरुमा १०१ ओटा शाखाहरु छन् । यस मध्ये बाट राई उत्कृष्ट शाखा प्रमुखको रुपमा छानिएका हुन् । बिमामाको क्षेत्रमा निकै सफल मानिएका यस कम्पनीको शाखा गाईघाटमा पनि लामो समय देखि संञ्चालनमा छ । राईले गाईघाट शाखालाई उत्कृष्ट बनाउ कम्पनीको कारोबार स्थापना काल देखिनै शाखा प्रमुखको रुपमा रहेर काम गर्दै आईरहेका छन् । करिब १ दशक लामो समयदेखि निरन्तर कम्पनीको बिमा क्षेत्रमा रहेर काम गरेको राईले आज सम्म आईपुग्दा उत्कृष्ट शाखा प्रमुखको रुपमा सम्मान हासिल गर्न सफल भएको हो ।  नेपालभर ठुलो संख्यामा रहेको नेशनलको शाखा १ नं प्रदेश मात्रै २० शाखाहरु छन् । गाईघाट शाखा नेपालको ३६ औँ शाखा हो । सम्मानित राईले ३६ औँ गाईघाट शाखा प्रमुखको रुपमा आफुले जिम्मेवारी लिँदै गर्दा देखेको त्यो वेलाको सपना केहि पुरा हुँदै गएको बताए। उनले  यस विमाको क्षेत्रमा र यस कम्पनीमा अझै थुप्रै काम र प्रयासहरु बाँकीनै रहेको जनाए। राईले आज आफु उत्कृष्ट शाखा प्रमुख हुँदै गर्दा सम्पूर्ण कर्मचारी, अभिकर्ता, कम्पन्नीको विश्वास, विमा कर्ता लगायत सम्पूर्णको साथ सहयोग रहेको बताए । राईले यस सम्मानले आफुलाई थप जिम्मेवारी र बफदारी बनाएको समेत महसुसगरे । कम्पनीले राईलाई काठमाण्डौँको चन्द्रगिरि हिल्समा सम्मान गरिको थियो ।