Saturday, April 25News That Matters

उदयपुरका महिला खेलाडीलाई खेलकुद सामाग्रीसहित विदाई

पूर्णपुष्टि,माघ ७

एक महिनासम्म बन्द प्रशिक्षणमा राखेर चौदण्डीगढी नगरपालिकाको तर्पmबाट प्रतिनिधित्व गर्दै सहभागी २३ जना महिला खेलाडिहरुलाई आज आवश्यक खेलकुद सामग्रीसहित विदाई गरिएको छ । विदाई कार्यक्रममा खेलकुद सामग्रीहरु फुटबल, ट्रयाकशुट, जर्सी, पञ्जा लगायत आवश्यक खेल सामाग्री नगर प्रमुख खगेन्द्र राई र उप प्रमुख रिताकुमारी चौधरीले हस्तान्तरण गरिएको गर्नुभयो ।

काठमाण्डौमा आजबाट शुरु हुने प्रतियोगितामा चौदण्डीगढी नगरपालिका उदयपुर, विराटनगर महानगरपालिका मोरङ, वालिङ नगरपालिका स्याङजा, चन्द्रपुर नगरपालिका रौतहट त्यस्तै विभागिए समुहमा नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कूल ७ समूहले प्रतिस्पर्धा गर्ने छन् ।

चौदण्डिगढी नगरपालिकाको समूहले आगामी ९ गते नेपाल पुलिस, ११, १५, १७, १९ र २१ चन्द्रपुर नगरपालिका, वालिङ्ग नगरपालिका, विराटनगर महानगरपालिका, सशस्त्र प्रहरी र  त्रिभुवन आर्मी को समूहसंग प्रतिस्पर्धा गर्ने छ ।

कार्यक्रममा ७ नं. का वडाध्यक्ष, खेलकुद विकास समितिका अध्यक्ष, स्थानीय वुद्दिजीविहरुको उपस्थितिमा खेलकुद सामाग्री वितरण गरिएको थियो ।