उदयपुरका मृगौला पिडित निसानको स्वास्थ्यमा केहि सुधार, रिचेकमा थप खर्चको अभाव

पूर्णपुष्टि, पुष १०
उदयपुरका मृगौला पिडित निसानको अन्तिम सुधारका लागि अझै ५ लाख बढी लाग्ने हस्पिटलले जनाएको छ । करिब १५ लाख हाराहरीको खर्चमा भेण्डीलेटर र आईसीयुमा उपचार गरेर निकाले पनि अझै हस्पिटलले ४ पटक पूर्ण निगरानीका साथ बिभिन्न इक्युमेन्ट प्रयोग बाट निसानको उपचारलाई निरन्तर दिनु पर्ने जनाएको छ । १९ बर्षिय निसान राई सिभिल डिप्लोमा गर्दै गरेका विद्यार्थी हुन् । उनलाई टाउकोको समस्याले सताएपछि ठुलो रकममा परिवारले काठमाण्डौँको अन्नपूर्ण हस्पिटलमा उपचार गरेर फर्काएका थिए । टाउकोको समस्याको उपचार लगत्तै निसानलाई मृगौलाको समस्या देखाएपछि परिवारले आफ्नो पूर्ण आर्थिक स्रोतहरुलाई प्रयोग गरी उपचारमा लगेका थिए ।

तर ९९ प्रतिसत नै मृगौलाको ट्रिटमेन्ट गर्नु पर्ने भएपछि परिवार खर्च बाट हार खाएका थिए । तर पनि छोरा बचाउनको कुनै विकल्प नरहेकाले अन्य बैकल्पीक तरिकाले आर्थिक संकलन गरी निसानको उचारमा निरन्तरता परिवारले दिइरहेको छ । निसान उदयपुर बेल्टारका पत्रकार जिवन राईको एक्लो छोरा हुन् । हाल सम्म बिभिन्न सहयोगी संस्था, सहयोगी व्यक्ति तथा देशविदेशमा रहेका नेपालीहरुको सहयोगले ६ लाखको हाराहारीमा आर्थिक संकलन भई उपचारलाई निरन्तर राखेको पत्रकार तथा बिरामीका बुबा जिवन राईले बताउनुभयो ।
राईका अनुसार छोरोलाई अझै पनि हस्पिटलमा ४ पटका मृगौलाको पहिलेको अवस्था र अहिलेको अवस्थालाई निगरानी गरिरहनु पर्ने भएकाले ठुलो उपकरणहरुको साथ उपचारलाई तिव्र दिनु पर्ने भएपछि खर्च बढेको बताउनुभयो ।

मृगौलाको परिस्थितिलाई पहिलेको भन्दा समान्य अवस्थामा ल्याउन र सुधारका लागि अझै निसानलाई हस्पिटलले पूर्ण ४ पटक सम्म निगरानी राख्ने बिराट नर्सिङ हस्पिटलका डाक्टर आर के सिंहले बताउनुभयो । डा। आर के का अनुसार ठुलो प्रविधिहरुको प्रयोगबाट शरिरको भित्री सबै भागलाई संवेदनशिल तरिकाले ईसिजी मार्फत मृगौलाको अवस्था पक्ता लगाई सुधारको बाटोमा लान अझै उपचारलाई ध्यानमा राख्न हस्पिटले परिवारलाई अनुरोध गरेको जनाएको छ ।

परिवारले भएको जग्गा समेत सस्तोमा बेचेर छोराको उपचार गर्दा समेत आर्थिक संकट नटरेको बताए । खर्च जोहो गर्न नसकेकै कारण छोरा फर्काउन हामिलाई समस्या भैसकेको थियो । तर इस्ट मित्र, संघसंस्था, जनप्रतिनिधि, देशविदेसमा रहेका नेपालीहरुको सहयोगकै कारण छोरालाई केहि सुधारको अवस्थमा ल्याउन सकेको परिवारले बताए । तर उपचार पूर्ण भैनसक्दा घाउहरु व्यवस्थापनमा समस्या हुनाले अन्तिम चरणको उपचार निकै महत्वपूर्ण रहेको हस्पिटलले जनाएको परिवारले बताए ।

अब थप उपचारमा पनि सबैमाझ सहयोगको अपेक्षा राखेको परिवारले जनाएको छ । परिवारले थप सहयोगी मनहरु भए छोराको ज्यान बचाउन मदत गरिदन पनि पत्रकार राईले आग्रह गरे । राई बेल्टार बाट प्रकाशित हुने चौदण्डीगढी साप्ताहिकका प्रकाशक समेत हुन् । निसानको उपचारमा हाल डा। आर के सिंह, डा। ललित के आर, डा। सन्ध्याँ गेवाली र डा। विवेक बैद्य गरी चार जना डाक्टरहरु खटिरहेका छन् । आर्थिक सहयोगकै कारण छोरालाई उपचारमा ठुलो सहयोग पुगेको राईको भनाई छ ।आफ्नो सबै स्रोत प्रयोग गर्दा पनि छोरालाई फर्काउन नसक्ने संम्भावना बढेको अवस्थामा सबैक्षेत्रले सहयोग गरिदिनु भयो अहिले केहि सुधार भएको छ । अब थप सुधारका लागि पनिे बिषेश गरी संघसंस्था, स्थानीय सरकार, तथा देशविदेशमा रहेका नेपालीहरुमा फेरी पनि एक पटक सहयोगको आग्रह गर्दछु राईले भने । बिरामी निसान हाल प्रदेश नं २ को ठाकुरजी क्याम्पसमा सिभिल डिप्लोमा अध्यान गर्दै गरेका विद्यार्थी हुन् । क्याम्पस शिक्षकहरुका अनुसार निसान क्याम्पस भरिकै एक जेहेन्दार, मेहनती द्यिार्थी रहेको पनि जनाएको छ । क्याम्पस प्रशासन तथा शिक्षकहरुले पनि निसानको लागि स्वास्थ्य लाभको कामना समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: